दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप सुरु

बागलुङ, २८ चैत्र । बागलुङको काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता बुधबार देखि सुरु भएको छ ।

काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन पछि बोल्दै प्रतिनिधिसभाका पूर्व माननिय सांसद गोविन्दप्रसाद शर्मा कंडेलले पालिकाको विकासको लागि सवै एक जुट भएर लाग्नुपर्ने बताएका छन् । उनले गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरुले सूरुवात गरेको काठेखोला गाउँपालिका अध्यक्ष कपलाई अहिलेका जनप्रतिनिधिहरुले निरन्तरता दिनु राम्रो भएको बताए । ‘पूर्व जनप्रतिनिधिहरुले सूरुवात गरेका नयाँ कार्यक्रमहरु र कामलाई सवैले निरन्तरता दिनुपर्छ,’ पूर्वसांसद कंडेलले भने,‘राम्रो कामलाई निरन्तरता दिँदै नयाँ कामहरु गर्दै अगाडी बढेमा गाउँपालिकालाई समृद्ध गराउन सकिन्छ ।’

उनले स्थानीय तहले जनतालाई दिर्घकालिन फाइदा हुने काम गर्नुपर्ने बताए । लोकप्रियताको लागि कनिका छरिए झै बजेट नबाडेर दिर्घकालिन जनतालाई फाइदा हुने काम गर्न सुझाव दिए ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गाउँपालिका भित्र रहेका कलाकार र खेलाडीहरुलाई अगाडी बढाउन सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले प्रतियोगितामा गाउँपालिका भित्र उत्पादन हुने बस्तुहरुको प्रदर्शनी र विक्री गर्दै प्रचारप्रसार हुने अपेक्षा लिइएको बताए ।

गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाले विकास निर्माण मात्र नभइ नागरिकलाई सिप र स्वरोजगारमा जोडनको लागि काम गरिरहेको बताए ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य टंकप्रसाद शर्मा कंडेल, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, नेपाली काँग्रेस काठेखोलाका सचिव प्रेम बहादुर थापा, नेकपा एमाले काठेखोला गाउँकमिटीका अध्यक्ष डिल बहादुर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द पौडेल, नेकपा एकीकृत समाजवादी काठेखोला गाउँपालिकाका संयोजक श्याम पुन र काठेखोला गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष खडक थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा पञ्चेवाजा, भजन, यानीमाया, झाम्रे, सालैजो लगायतका झाँकी प्रदर्शनी गरिएको थियो । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य काठेखोला गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्मा र संचालन गाउँपालिकाका प्रशासकीय अधिकृत मनोज कार्कीले गर्नुभएको थियो ।

बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगितामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, दोस्रो काठेखोला लोकतारा–२०८० (गायन प्रतियोगिता), दोस्रो काठेखोला गजल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, काठेखोला प्रतिभा सम्मान–२०८० को आयोजना गरिएको छ ।

अध्यक्ष कपमा दोस्रो काठेखोला लोकतारा (गायन प्रतियोगिता) र सामुहिक नृत्य प्रतियोगिताको अडिसन राउण्ड सम्पन्न भइसकेको छभने बुधबारदेखि साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बुधबार काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश, वडा नम्बर ४ तंग्राम र वडा नम्बर १ पालाले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा वडा नम्बर ७ रेशले वडा नम्बर ५ विहुँलाई ३–० को सोझो सेटमा पराजित गर्यो । रेशले २५–१६, २५–२० र २५–१३ ले जित निकाल्यो ।

काठेखोला–४ तंग्रामले काठेखोला–२ भीमापोखरालाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गर्यो । पहिलो सेट १७–२५ ले गुमाएको तंग्रामले दोस्रो सेट २५–१८, तेस्रो सेट २६–२४ र तेस्रो सेट २५–२३ ले जित्दै विजयी सूरुवात गर्यो । यस्तै बुधबार भएको तेस्रो खेलमा वडा नम्बर १ पालाले वडा नम्बर ३ धम्जालाई ३–० को सोझो सेटमा पराजित गर्यो । पालाले २५–१४, २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पार्यो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here