वनमा लागेको आगो बस्तीमा पस्दा तीन घर जले

बागलुङ, २७ चैत्र । बागलुङमा सामुदायिक वनमा लागेको बस्तीमा पुग्दा तीन घर जलेर नष्ट भएका छन् । चार दिन अगाडिदेखि वडा नम्बर १ र २ को सिमानामा रहेको नुनथला सामुदायिक वनमा लागेको आगो सोमबार साँझ वन नजिकै रहेको वडा नम्बर २ को गुराँसे गाउँमा फैलिएको थियो ।

मानवबस्तीमा आगो फैलिँदा तीन घर र पाँच गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक बाबु केसीले जानकारी दिए ।

आगलागि हुँदा ताराखोला गाउँपालिका–२ को गुराँसेटोलका फुल कुमार दर्जीको एक घर र एक गोठ, ईश्वरा दर्जीको एक घर र एक गोठ, नर बहादुर दर्जिको एक घर र एक गोठ, अमृतालाल दर्जीको एक गोठ र याम बहादुर दर्जीको एक गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रनि केसीले बताए ।

गुराँसेमा भएको आगलागीबाट घरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन्भने दुहुना भैंसी, बाख्रा गरी १० वटा जलेर मरेको स्थानीय दुर्गाबहादुर रोकाले जानकारी दिए ।

डढेलो नियन्त्रण बाहिर गएकाले थप क्षति हुन नदिन काठेखोला गाउँपालिकाको घोडाबाँधेस्थित श्री मेहर गणका सेनाको सहायतामा प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको सहायताले नियन्त्रणमा लिइएको प्रनि केसीले बताए। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए ।

डढेलोबाट जंगलमा भएको रुख, जीव जनावर, बहुमूल्य जडिबुटी मासिएका छन् । विभिन्न कारणले जंगलमा आगलागी हुने गरे पनि कतिपयले जानीजानी आगो लगाइदिने गरेको देखिन्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here