
चितवन, १७ चैत्र । त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडाैंबाट गाेरखा जाँदै आज बिहान इच्छाकामना गाउँपालिका -५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतक मध्ये ४ जना एकैपरिवारका हुन् । दुर्घटनामा परी मृत्यु भएका पाँचै जना बुबाको दाहसंस्कार गरी गोरखा फर्कदै थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् ।
भने ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीहरु एकै परिवारका भएको खुलेको छ । उनीहरु काठमाडौंबाट बुबाको दाहसस्कारगरेर गोरखा फर्कदै थिए ।
बुबाको हिजो पशुपतिमा दाहसस्कार गरी आज बिहानै गोरखाका लागि हिँडेको डीएसपी भण्डारीले बताए । उनले भने,‘ट्याक्सीमा सवार सबै मलामी हुनुहुदो रहेछ । त्यहाँ मृतकको श्रीमती, छोरा बहिनी दिदी भान्जा र ज्वाई सवार हुनुहुन्थ्यो ।’









