म्याग्दीमा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु

फाईल तस्विर

म्यागदी, १३ चैत्र । म्याग्दीको रघुगंगा गाउँपालिका-१,कुकुर भुक्नेस्थित बगरखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका-१,बेग बस्ने दिपक पूर्जाको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

५ जना साथीहरुसँग पौडी खेल्न गएका पूर्जा डुबेपछि साथीहरुले उद्धार गरी बेनी अस्पतालसम्म ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । पौडी खेल्ने क्रममा अचानम डुबेका किशोर पूर्जा खोलाबाट निकाल्ने क्रममा अचेत अवस्थामा थिए ।

घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरेको प्रहरी निरिक्षक कुमार गुरुङले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here