दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप हुने

बागलुङ, १२ चैत्र । काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता हुने भएको छ ।

काठेखोला गाउँपालिकाका आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा चैत्र २८ गतेदेखि बैशाख १ गतेसम्म वडा नम्बर २ भीमापोखरा अक्षेते बजारमा प्रतियोगिता संचालन हुने सोमबार पत्रकार सम्मेलन गरि बताइएको छ ।

काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकले गाउँपालिका क्षेत्रभित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन र प्रवद्र्धन गर्ने उद्देश्यले कपको आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रमको माध्यमबाट गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचाप्रसार एवं प्रबद्र्धन गर्ने, खेलकुद, कला साहित्य र संगितको माध्यमबाट सभ्य संस्कृतियुक्त शिक्षित, सक्षम, समुन्नत, विकसित, आन्मनिरर्भता सहितको समृद्धि काठेखोला निर्माण गर्ने, युवालाई खेलकुद क्षेत्रमा आकर्षित गरि काठेखोलाको खेल क्षेत्रलाई थप व्यवस्थि तगर्ने र लोपोन्मुख स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको बताउनुभयो ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगितामा गाउँपालिकाको प्रचलित एवम् पौराणिक कला, संस्कृतिहरुको संरक्षण, सम्बद्र्धन एवम् प्रदर्शन गर्ने बताउनुभयो । उहाँले प्रतियोगिताको माध्यमबाट गाउँपालिकामा रहेका संगीत संग्राहलय र जनजाति संग्राहलयको थप प्रचारप्रसार गरिने बताउनुभयो ।

सो अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, दोस्रो काठेखोला लोकतारा–२०८० (गायन प्रतियोगिता), दोस्रो काठेखोला गजल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, काठेखोला प्रतिभा सम्मान–२०८०, सोरठी, पञ्चेवाजा, भजन लगायतका स्थानीय झाँकी प्रदर्शनी र यानीमाया, झाम्रे, सालैजो लगायतका सांगीतिक प्रस्तुति हुने संयोजक विकले बताउनुभयो । पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष राजु थापाले कपको लागो सार्वजनिक गर्नुभएको थियो ।

वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका भित्रका प्रत्यके वडाबाट एक वटा टिमले सहभागिता जनाउने कार्यक्रम संयोजक विकले बताउनुभयो । भलिबल प्रतियोगिताको प्रथमले १ लाख, द्धितियले ६० हजार र तृतीयले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो काठेखोला लोक तारा–२०८० (गायन प्रतियोगिता) तीन चरणमा संचालन गरिने संयोजक विकले बताउनुभयो । उहाँले पहिलो चरण र दोस्रो चरण भीमसेन माविको सभाहलमा संचालन हुने र अन्तिम चरणको कार्यक्रममा ७ जना प्रतियोगितहरु विच कार्यक्रमस्थल अक्षेते बजारमा संचालन गरिने बताउनुभयो । लोकतारा विजेताले ३० हजार फष्ट रनरअफले २० हजार, सेकेन्ड रनरअपले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै गजल प्रतियोगिताको प्रथमले १५ हजार, द्धितियले १० हजार र तृतीयले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने सामुहिक नृत्य प्रतियोगिताको प्रथमले २० हजार, द्धितियले १५ हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै खुल्ला ताराखेल प्रतियोगिताको विजेताले ५० हजार र द्धितियले ३० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक विकले बताउनुभयो । यस्तै व्याडमिन्टन प्रतियोगिताको विजेताले १० हजार र द्धितियले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएकोछ ।

प्रतियोगिताको लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताउनुभयो । उहाँले काठेखोला गाउँपालिकाको १३ औं गाउँसभाबाट ५ लाख र १४ औं गाउँसभाबाट १५ लाख रुपैयाँ विनियोजित गरिएको बताउनुभयो । कार्यक्रम संचालनको लागि गाउँपालिकाका प्रवक्ता तथा कला संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम विकको संयोजकत्वमा ५ सदस्य सचिवालय गठन गरिएको छ । सचिवालयको सदस्यमा कृष्ण प्रसाद कंडेल, डिल बहादुर कार्की, बाबुराम भण्डारी र मनोज कार्की रहनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here