निसी बस दुर्घटनाः मृत्तकको संख्या ८ पुग्यो

बागलुङ, ५ चैत्र । बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्तकको संख्या ८ पुगेको छ ।

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । मृत्यु हुनेमा चार जना पुरुष र चार जना महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख विकले जानकारी दिए । दुर्घटनामा बस चालकको समेत मृत्यु भएको छ ।

दुर्घटनामा २४ जना घाईते भएका छन् । मृत्तक र घाईतेको नाम भने खुलेको छैन । घाईतेहरुको प्रहरी र स्थानीयले उद्धार गरेका थिए । ६ जना घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छभने १८ जना घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा प्राथमिक उपचारपछि थप उपचारको लागि सोमबार राती जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । उनले घाईतेहरुको अवस्था गम्भिर र मध्यम रहेको बताए ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए । घटनामा घाईतको प्रहरी र स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डिएसपि केसीले बताए । घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक विकले दुर्घटनास्थलको सडक ओरालो र घुम्ती भएकोले बस अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here