
बागलुङ, ५ चैत्र । बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् ।
पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ खब ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुर्घटनामा १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाईतेहरुको नामावली खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले बताए ।
बस मध्यपहाडी लोकमार्गदेखि १५० मिटर तल बसेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको जिप्रका बागलुङका सूचना अधिकारी केसीले बताए ।









