पर्यटन प्रबद्र्धन गर्न मध्यपहाड म्याराथुन दौड प्रतियोगिता

बागलुङ, २४ फागुन । बागलुङमा पर्यटन प्रबद्र्धनका लागि मध्यपहाड (बेलढुंगा–दारेगौंडा–गुनगुने) म्याराथुन दौड प्रतियोगिता गरिएको छ ।

पुष्पाञ्जली ग्रामिण विकास केन्द्र काठेखोला गाउँपालिका–२ भीमापोखराले महाशिवरात्रीको अवसरमा पर्यटन प्रबद्र्धन गर्न दौड प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा इन्दु हमाल प्रथम भएका थिए । यस्तै रोशन मल्ल द्धितिय र प्रशान्त थापा मगर तृतीय भएको पुष्पाञ्जली ग्रामिण विकास केन्द्रका अध्यक्ष राजु गौतमले जानकारी दिनुभयो । अध्यक्ष गौतमले प्रतियोगितामा १० जना युवाहरुले सहभागिता जनाएको बताउनुभयो ।

केन्द्रले महाशिवरात्रीको अवसरमा ऐतिहासिक महाशिवरात्री मेला–२०८० को अवसरमा म्याराथुन (दौड) प्रतियोगिता सहित खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, सहभागितामुलक भजन कार्यक्रम, सामुहिक नृत्य प्रतियोगिता र ४५ वर्षमाथि पेनाल्टी प्रतियोगिताको आयोजना गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here