
बागलुङ, १८ फागुन । नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँविश्वको सातौँ वार्षिकोत्सव सम्पन्न भएको । बागलुङ बजारमा नयाँ विश्वका विशेषाङ्क विमोचन सम्मान कार्यक्रम गरि सातौँ वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता काजिगाँउले श्रेष्ठले १६ र्औ शताब्दीमा सुरु भएको पत्रकारिताको यात्रा २१ औँ शताब्दीमा पनि उत्तिकै शक्तिशाली रहेको बताउनुभयो । उहाँले लोकतन्त्र र गणतन्त्र स्थापनासँगै पत्रकारितालाई थप सहज भएको बताउदै केही मिडियाले पछिल्ला दिनमा केही प्रश्न समेत उव्जाएको बताउनुभयो । अहिले पत्रकारितामा नयाँ अनुहार देखिन छाडेको भन्दै संचार जगत परिक्षणको घडीमा रहेको वरिष्ठ अधिवक्ता श्रेष्ठको भनाई छ ।
कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठक, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य दयाराम पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा नागरिक सञ्चार प्रालिद्वारा स्थापित ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार– २०७९ बाट राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, २०८० बाट ग्रामीण क्षेत्रबाट पत्रकारीमा निरन्तर लाग्ने गलकोटपत्र साप्ताहिकका सम्पादक वीरबहादुर चोखाललाई प्रधान गरिएको छ । विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘‘सही बाटो’का सम्पादक र प्रकाशक गौचनका नाममा स्थापित पुरस्कार नगद १० हजार रुपैयाँ सहित पहिलो पुरस्कार राससकर्मी पाठकलाई र दोश्रो पुरस्कार चोखाललाई प्रदान गरिएको हो ।
नयाँ विश्व सम्मान २०८० बाट ताराखोला गाँउपालिका १ भुस्कातका जनप्रेम माध्यमिक विद्यालय, ताराखोलाका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङलाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारी तर्फ नयाँ विश्वका बजार प्रतिनिधि विपना आचार्यलाई पृरस्कृत गरिएको छ ।
कार्यक्रयको नयाँ विश्वको बारेमा सम्पादक मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनु हुँदै नयाँ विश्वले मल्टि मिडियालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभयो । कार्यक्रम नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्माको अध्यक्षता, उपाध्यक्ष सुवाशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो ।









