लखन कपः पुरुषतर्फ एनविए र महिलातर्फ जैमिनीलाई उपाधि

बागलुङ, १६ फागुन । तेस्रो लखन कप २०८० को पुरुष भलिबलको उपाधि एनविए र महिला भलिबलको उपाधि जैमिनीले जितेको छ ।

मंगलबार सम्पन्न फाईनल खेलमा पुरुष भलिबलतर्फ सिद्धार्थ चस्मा घर नरेठाँटी बजार एरिया एनबिए गलकोटले होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै लखन कप २०८० को उपाधि चुमेको हो । एनविएले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो पक्ष २५–१७ ले जितको थियो । उपाधि जितेको एनविएले नगद ८१ हजार एक सय ८१ रुपैयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाएको छ ।

एनविएलाई उपाधि दिलाउन क्याप्टेन अशोक सुनारको प्रदर्शन उच्च रह्यो । उपविजेता रोयल बिजीले नगद ४१ हजार एक सय ४१ रुपैयाँ नगद मेडल ट्रफी र प्रमाणपत्र पाएको छ ।

महिलातर्फको भलिबल फाईनलमा जैमिनी भलिबलले ताराखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । जैमिनीले पहिलो, दोस्रो र तेस्रो सेट क्रमशः २५–१६, २५–२० र २५–१७ ले जित्दै उपाधि चुमेको हो । जैमिनीलाई जित दिलाउन आशिका क्षेत्रीले उच्च योगदान गरिन् । महिला भलिबलको उपाधि जितेको जैमिनीले नगद ३० हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । दोस्रो स्थानमा चित्त बुझाएको ताराखोलाले नगद १५ हजार मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताभर उच्च प्रदर्शन गरेको पुरुषतर्फ एनबिएका कप्तान अशोक सुनार र महिलातर्फ जैमिनीका आशिका क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

मगर दिवसको अवसरमा आयोजना गरिएको घैटोफोड प्रतियोगितामा कविता श्रीसले घैटो फोड्न सपल भईन् । महिला रस्साकस्सी प्रतियोगितामा विष्णु पुनको समूह प्रथम र उपल्लाचौर समुह द्वितीय भयो । समय अभावका कारण पुरुष रस्साकस्सी हुन सकेन ।

महिलो छेलो फाल्ने प्रतियोगितामा विष्णु पुन मगर प्रथम, सम्झना थापा मगर द्वितीय र राजकुमारी पुन तृतीय भए । पुरुषतर्फको छेलो प्रतियोगितामा दुजिक थापमगर प्रथम, अमरबहादुर पुन मगर द्वितीय र मिलन पाईजा तृतीय भए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here