
बागलुङ, १५ फागुन । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले अबको विश्वयुद्ध पानीको अभावको कारणले हुने बताएका छन् ।
बागलुङको सर्वसिद्धि पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको सातौं दिन सोमबार आयोजित राष्ट्रिय सुरक्षा प्रणाली र न्यायिक पद्धतीको कार्यान्वयन सम्मेलनमा बोल्दै पूर्व प्रधानन्यायाधिश श्रेष्ठले बायुप्रदुषणको कारण पानीको अभाव हुँदै गएकोले अबको विश्वयुद्ध पानीको अभावको कारणले हुने बताए । उनले अहिले विश्व जलवायुको ठूलो संकटमा रहेको र जलवायु विग्रिदो अवस्थामा रहेको बताए ।
जलवायु परिवर्तनको कारण अहिले हिमालहरु कालो भइरहेको श्रेष्ठले बताए । हिमालमा हिउँ नरहने हो भने हिमाल नरहने र पहाड मात्र रहने पूर्व प्रधानन्यायाधीश श्रेष्ठको भनाई छ । ‘हिमालमा हिउँ रहेनभने हिमाल हिमाल रहँदैन पहाड मात्र रहन्छ’ उनले भने,‘हिमाली जडिबुटी र हिमालमा रहन जलचल र छलचल घटेर जान्छ । जन प्रणाली हुन्थ्यो त्यो हुँदैन । यसको परिणाम जलको आपूर्ति घटेर जान्छ । मानवको लागि नभइ नहुने पानी हो । त्यसैले अबको विश्वयुद्ध सायद पानीको अभाव कारणले हुन्छ ।’
पूर्व प्रधानन्यायाधीश श्रेष्ठले एक दशक अगाडी बैककमा भएको न्याय सम्बन्धी कार्यक्रममा अन्य देशको कारणले वायुप्रदुषण बढिरहेको र नेपालको हिमालमा त्यसको असर देखा परेको भनाई राखेको बताए । ‘अहिले हिमालमा हिउँ पग्लिएको छ । हिमाल कालो हुँदैछ । नेपालीले गर्दा होइन तर परिणाम नेपालीले भोग्नुपरेको छ । हिउँ कालो हुँदा हाम्रो जिवन, अस्तित्वमा र सभ्यतामा असर पर्छ,’ उनले भने,‘यसको अन्तराष्ट्रिय जवाफदेहिता संहिता निर्माण हुनुपर्छ जसले हामीलाई जवाफ दिनुपर्छ । मैले बैंककमा एक दशक अगाडी न्याय सम्बन्धी कार्यक्रममा यो प्रश्न उठाएको थिए ।’
श्रेष्ठले विश्वको मानव सभ्यतालाई जोगाउनको लागि जलबायु न्यायको आवश्यक रहेको बताए । ‘यो विश्वलाई मानव सभ्यताको लागि जोगाउने हो भने जल संरक्षण आवश्यक छ,’ उनले भने,‘यसको लागि जलबायु न्याय चाहिएको छ ।’ न्यायको क्षेत्र विस्तार हुनु आवश्यक रहेको श्रेष्ठको भनाई छ । ‘हिजो देवानी, फौजदारी, पारिवारिक लगायतको न्यायको कुरा गयौं । तर, वातावरणीय र जलवायु न्यायको कुरा गरेनौं,’ श्रेष्ठले भने,‘हामीले ब्रह्माण्डलाई जोगाउने कुरा गरेनौं । आज त्यो बेला आएको छ । हाम्रो न्यायको क्षेत्र विस्तार हुनु आवश्यक छ ।’ न्यायको धारणा नै हो सार्वभौमिकता रहेको बताउँदै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले न्याय सार्वभौतिक हुनुपर्ने र मान्छेको लागि मात्र नभइ जनवार, जलचर र ब्रह्माण्डलाई नै न्याय आवश्यकता रहेको बताए ।
श्रेष्ठले जल वायुको न्यायको लागि महायज्ञ महत्वपूर्ण रहेको बताए । उनले कालीगण्डकीको संरक्षण र शालीग्रामको संरक्षणको लागि सम्पूर्ण नागरिक एक जुट हुनुपर्ने बताए । ‘कालीगण्डकीमा रहेको शालीग्रामको संरक्षण हुनुपर्छ । गिट्टी ढुङ्गाको नाममा शालीग्राम मासिदा कुनै हालतमा मन्जुर हुनुहुँदैन,’ श्रेष्ठले भने,‘कालीगण्डकी संरक्षण नभए शालीग्राम संरक्षण हुँदैन, शालीग्राम संरक्षण नभए हाम्रो पहिचान, आध्यात्मा र सभ्यता संरक्षण हुँदैन । महायज्ञले हामीलाई प्रेरणा जोगाउनुपर्छ ।’ उनले अहिलेसम्म सवै फरक फरक तिरबाट हिडेको बताउँदै बब एकीकृत प्रयास गर्ने र सम्पूर्ण ब्रह्माण्डीय स्रोत, साधन सम्पदालाई जोगाउन लाग्नुपर्नेमा जोड दिए ।
उनले सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण भएका धार्मिक मन्दिरहरुले गण्डकी प्रदेश र बागलुङ जिल्लालाई मात्र नभई देशलाई नै चिनाउने काम भइरहेको बताए । पञ्चकोटमा निर्माणाधिन विश्वशान्ती गण्डकी कलशले जल संरक्षणको सम्बन्धमा विश्वलाई दिने महत्वपूर्ण सन्देश दिने श्रेष्ठले बताए ।
सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका मुख्यन्यायिवक्ता चिरनजिवी शर्मा पौडेलले न्यायलाई शब्दले व्याख्या गर्न नसकिने र आत्माले विश्लेष्ण गर्नुपर्ने बताए । उनले आफुले राम्रो वा नराम्रो गरेको बारेमा आत्माले विश्लेषण गर्नुपर्ने धारणा राखे । यस्तै उच्च अदालत पोखराका न्यायाधिश राजु खतिवडाले न्इाय र धर्म एक अर्काका पुरक रहेको बताउँदै न्यायको आधार नै आध्यात्मा रहेको बताए ।
यस्तै सुरक्षाविद डा मेख केसीले अपराधको उदगम र प्रस्थान विन्दु खुशित मन र विकृत मानसिकताको उपज रहेको बताउँदै साथीभाईको संगत, कुलत, अनैतिक देखासिकी, चाडै पैसा कमाउने कुण्ठा, चरम भौतिकवादको अपराधमा फसिरहेको बताए । उनले महायज्ञले नकरात्मकबाट सकरात्मक, लिनेबाट दिने, अज्ञानीबाट ज्ञानी, नास्तिकबाट आस्तिक, अनैतिकबाट नैतिकवान बनाउन उर्जा प्रदान गर्ने बताए ।
बरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले राज्यको गठन हुनुपछाडीको मुख्य उद्देश्य नागरिकलाई न्याय प्रदान गर्नु रहेको बताए । उनले समाजको जातिय, धार्मिक, क्षेत्रीय र लैङ्गिक विविधता अदालतमा झलकनुपर्ने र अदालत समावेशी हुनुपर्नेमा जोड दिए ।
पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सुरक्षा, विकास र न्याय एकआपसमा अनुन्याश्रीत कुरा भएको बताए । उनले न्याय नभएसम्म सुरक्षा र विकास नहुने र कानुनी राज्यमा सवै समान हुँदा सुरक्षा विना विकास नहुने बताए । पूर्व प्रहरी महानिरीक्षक सिंहले कानुनी शासन, विकास र न्यायमा नागरिकको कर्तव्यको साथसाथै अधिकार पनि जोडिन आउने हुँदा दुवैलाई नागरिकले भुल्न नहुने बताए । उनले राज्यले नागरिक प्र ितगर्ने दायित्व र नागरिकले राज्यप्र ितगर्ने कर्तव्य अनुन्याश्रीत कर्तव्य रहेको बताए । लोकतान्त्रीक राज्यको प्रथम उद्देश्य राज्यको अधिकार क्षेत्रभित्र कसरी आफ्ना नागरिकलाई सहज रुपमा विकास पु¥याउने र कसरी समन्वय प्रदान गर्ने मुल उद्देश्य हुने उनको भनाई छ । सम्मेलनको संचालन नेपाल कानून समाजका कार्यकारी निर्देशक विष्णुमान प्रधानले गरेका थिए ।
तस्विरः दिनेश जिसी