चिल्ड्रेन लाईफ कपः उपाधिको लागि विद्यामन्दिर र चिल्ड्रेन लाईफ भिड्ने

बागलुङ, १२ फागुन । तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि विद्यामन्दिर र चिल्ड्रेन लाईफ भिड्ने भएका छन् ।

शनिबार भएको सेमिफाइनल खेलमा विद्यामन्दिर माध्यमिक विद्यालयले न्यू ओयसिस एकेडेमीलाई र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले फ्युचर ब्राइटर माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विद्यामन्दिरले न्यू ओयसिसलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । न्यू ओयसिसले खेलमा सुरुवाती गोलको अग्रता लिएपनि जोगाउन सकेन न्यू ओयसिसको लागि खेलको १६ औं मिनेटमा सुशिम जिसीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, विद्यामन्दिरका चिरन श्रीसले खेलको १९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।
निर्धारित समयमा दुवै टिमबाट गोलको लागि प्रयास गरेपनि खेल एक–एकको बराबरीमा टुंगिएको थियो । ट्राइब्रेकरमा विद्यामन्दिरको लागि इशाक नेपाली, चिरन श्रीस, सोनाम घर्ती, सिसन क्षेत्री र सत्कारले गोल गरेका थिए । न्यू ओयसिसको लागि सन्देश थापा, संगम श्रीस, सुनिल परियार र सुशिम जि.सीले गोल गरेभने एलन रोकाको प्रहार विद्यामन्दिरका गोलरक्षक विदेश किसानले बचाए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक टिम चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले फ्युचर ब्राइटर माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । चिल्ड्रेन लाईफलाई जित दिलाउन थम्मन थापा र कप्तान विविध थापाले एक–एक गोल गरे ।

थम्मनले खेलको दोस्रो मिनेटमा गोल गर्दै चिल्ड्रेन लाईफलाई अग्रता दिलाएका थिए । चिल्ड्रेन लाईफका कप्तान विविधले खेलको ३९ औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । थापाले कर्नर बललाई हेडिङ्ग मार्फत सुन्दर गोल गरेका थिए ।

फाइनल खेल आईतबार दिउँसो १ बजे हुने प्रतियोगिताका संयोजक जीवन रोका क्षेत्रीले खबरवे अनलाईनलाई बताए । चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा संचालित प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here