मगर दिवसको अवसरमा बागलुङमा लखन कप हुने

बागलुङ, ९ फागुन । नेपाल मगर संघ बागलुङले तेस्रो लखन कप विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

४२ औं मगर दिवसको अवसर पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले पाँच दिनसम्म विविध खेलकुदा तथा सांस्कृतिक कार्यक्रम गर्ने बुधबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो । फागुन ११ गतदेखि १५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनले बताए ।

मगर दिवसकै सन्दर्भ पारेर तेस्रो लखन कप महिला पुरुष भलिबल लगायतका कार्यक्रम गर्ने तय भएको उनले जानकारी दिए । पुरुष भलिबल गण्डकी प्रदेश खुला वडास्तरीय पुरुष भलिबल र गण्डकी प्रदेश पालिकास्तरीय खुला महिला भलिबलको आयोजना गरिएको छ । पुरुष भलिबल विजेता समुहले नगद ८१ हजार एक सय ८१ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने समुहले नगद ४१ हजार एक सय ४१ नगर पुस्रकार पाउनेछ भने सेमिफाईनल पुग्न टिमले नगद १० हजारका दरले पाउनेछन् । पुरुष भलिबलको दर्ता शुल्क पाँच हजार रुपैयाँ राखिएको छ । महिला भलिबलको प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुनेले नगद १५ हजार रुपैयाँ पाउनेछन् । महिला भलिबलको दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ ।

खुला ताराखेल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितीय पुरस्कार नगद २५ हजारको व्यवस्था गरिएको छ । दर्ता शुल्क तीन हजार रुपैयाँ रहेको छ । मगर समुदाय भित्रको मात्रै सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार तृतीय हुनेले ५ हजार नगद पुरस्कार पाउने भएका छन् । दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ । ४० वर्ष माथिमा मगर समुदाय भित्रको मात्रै खुला नृत्य प्रतियोगितामा हुनेछ । त्यसमा भने पनि पुरस्कारको घोषणा गरिएको छैन । यसलाई प्रतियोगितात्मक नभई निर्णायकले विभिन्न समुहमा हेरेर पुरस्कार दिने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

मगर समुदायका लागि मात्रै खुला छेलो फाल्ने प्रतियोगिता पुरुषतर्फ प्रथम पुरस्कार नगद ८ हजार, द्वितीय पुरस्कार नगद पाँच हजार र तृतीय पुरस्कार नगद तीन हजार राखिएको छ । दर्ता शुल्क एक सय रुपैयाँ राखिएको छ । महिला छेलो फाल्ने प्रतियोगिता मगर समुदाय भित्रको लागि मात्रै प्रथम पुरस्कार पाँच हजार द्वितीय पुरस्कार तीन हजार र तृतीय पुरस्कार एक हजार पाँच सय राखिएको छ । दर्ता शुल्क ५० रुपैयाँ मात्रै रहेको छ । मगर समुदाय भित्रका मात्रै पुरुष रस्साकस्सी बिजेताले नगद १० हजार र उपविजेताले नगद पाँच हजार पुरस्कार पाउनेछन् । दर्ता शुल्क छ सय रुपैयाँ राखिएको छ ।

मगर समुदाय भित्रको मात्रै महिला रस्साकस्सी प्रतियोगितामा प्रथम हुनेले पाँच हजार द्वितीय हुनेले नगद दुई हजार पाँच रुपैयाँ पुरस्कार पाउनेछन् । दर्ता शुल्क तीन सय रुपैयाँ मात्रै राखिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ बढि खर्च लाग्ने र विभिन्न व्यक्ति संस्था र स्थानीय सरकारसंग सहयोग मागरिएको नेपाल मगर संघ जिल्ला समन्वय समितिका कोषाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए । ‘नेपालमा रहँदा मगर अभियानमा जोडिएका धेरै साथीहरु अहिले विदेशमा हुनुहुन्छ उहाँहरुसंग सहयोग मागेका छौं, स्थानीय सरकार र यहाँको संघ संस्था तथा व्यक्तिबाट पनि सहयोग अपिल गरिरहेका छौं,’उनले भने ।

फागुन १५ को दिन बिहान जातिय पहिचान र भेषभुषा संस्कार संस्कृति सहित बिहान १० बजे नेपाल मगर संघको भवनबाट ¥याली सुरु भई बागलुङ बजार परिक्रमा गरेर कालिका पिकनिक स्पोटमा पुगेर सभामा परिणत हुनेछ । फागुन १५ को दिनमा सबै मगर समुदायलाई आफ्नो भेषभुषामा ठिक १० बजे ¥यालीमा सहभागी हुन मगर संघ बागलुङले आह्वान समेत गरेको छ । उक्त अवसरमा विभिन्न संघ संस्थामा नेतृत्व गरिरहेका मगर समुदायका व्यक्तित्व, नेपाल मगर संघको प्रथम महाधिवेसनमा बागलुङबाट प्रतिनिधि भएकाहरु र केन्द्रीय सदस्यमा निर्वाचित यामबबहादुर श्रीसलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रचार विभाग प्रमुख संगम घर्तीमगरले गरेका थिए । उक्त अवसरमा नेपाल मगर संघ बागलुङ नगर समिति अध्यक्ष हिराबहादुर थापाले बागलुङमा मगर दिवस मनाउन सुरु गरिएको इतिहासबारे जानकारी गराएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here