
बागलुङ, २० माघ । बागलुङमा जारी ‘प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । शनिबार शनिवार सम्पन्न क्वारफाइनल खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुल, फ्युचर ब्राइटर माध्यमिक विद्यालय, आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय र अमर आदर्श आवासिय माध्यमिक विद्यालयले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चिल्ड्रेन लाईफले रेश नुनथला माध्यमिक विद्यालयलाई ८–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको १२ औं मिनेटमा कप्तान विविध थापाको गोलबाट खाता खोलेको चिल्ड्रेन लाईफको लागि १४औं मिनेटमा जेनिश थापा, १८ औं मिनेटमा थम्मन थापा, २५ औं मिनेटमा बरदान थापाले गोल गर्दै पहिलो हाफमा ४ गोलको अग्रता दिलाएका थिए ।
बरदान थापाले खेलको ३४ औं मिनेटमा गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो र टिमको पाँचौं गोल गरेभने ३६ औं मिनेटमा सुशिल थापा र ४३ औं मिनेटमा जेनिस थापाले टिमको लागि सातौं र आफनो दोस्रो गोल गरेका थिए । खेलको ४६ औं मिनेटमा विशाल थापाले गोल गरेका थिए ।
दोस्रो क्वाटरफाइनल खेलमा फ्युचरले सिगाना माध्यमिक विद्यालयलाई १–० गोलअन्तले पराजित गर्यो । ३० औं मिनेटमा फ्युचरका अमृत शर्माले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
यस्तै तेस्रो क्वाटरफाइनल खेलमा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले मुलपानी माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आदर्शको जितमा खेलको ७ औं मिनेटमा सफल थापाले गोल गरेका थिए ।
अन्तिम क्वाटरफाइनल खेलमा अमर आदर्श आवासिय माध्यमिक विद्यालयले रुद्रेपिपल माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गरेको छ । अमर आदर्शको लागि खेलको २० औं मिनेटमा सरोज कार्की र ४६ औं मिनेटमा हेन्डसम बोहोराले गोल गरेका थिए ।
प्रतियोगिता प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आयोजना गरेको हो । प्रतियोगिताको सेमिफाइनल खेल आईतबार हुने प्रेस चौतारी बागलुङका सचिव अर्जुन कार्कीले जानकारी दिए । पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन लाईफ र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय विच हुनेछभने दोस्रो सेमिफाइनल फ्युचर ब्राइटर माध्यमिक विद्यालय र अमर आदर्श आवासिय माध्यमिक विद्यालय विच हुने सचिव कार्कीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछभने उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी सहित विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने प्रेस चौतारी नेपाल बागलुङकी अध्यक्ष सिर्जना पन्तले जानकारी दिइन । प्रतियोगिताको फाइनल खेल र प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको मुल समारोह माघ २२ गते हुनेछ ।









