बागलुङमा प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाइयो

बागलुङ, १६ माघ । प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सोमबार बागलुङ बजारमा मनाइएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङले स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान र चियापान आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यहरु मुकेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, प्रेस चौतारी नेपाल जिल्ला समिति बागलुङका अध्यक्ष सृजना पन्त, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले श्रमजिवी पत्रकारको हकहितमा सबै पेशागत संगठनहरु एकतावद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला समिति, बागलुङका उपाध्यक्ष संजन सिहंको अध्यक्षता र सचिव अनिष खातीको संचालनमा सम्पन्न भएको थियो ।

विंसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी केन्द्र निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here