बागलुङ नगर खानेपानीको निर्वाचनः ९८५ मत खस्यो

बागलुङ, २८ पुष ।  बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयनका लागि भएको मतदानमान ९ सय ८५ मत खसेको छ ।

बागलुङ नगरपालिका–३ मा रहेको विद्यामन्दिर माध्यामिक विद्यालय प्राङ्गडमा शनिबार भएको मतदानमा ९ सय ८५ मत खसेको निर्वाचन अधिकृत चित्राङ्गत बरालले बताए । उनले संस्थामा आजीवन र साधारण गरी एक हजार पाँच सय २८ मतदाता रहेकोमा ६४ प्रतिशत मत खसेको बताए ।

संस्थाको आगामी अध्यक्षको लागि चार जनाले उम्मेदवारी दर्ता गरेका थिए । अध्यक्षमा पूर्व अध्यक्ष समेत रहेका केबी राना मगर, वर्तमान तदर्थ समितिका संयोजक जयराम भारी, भुपेन्द्र खड्का र सुवास आचार्यले उम्मेदवारी दिएका छन् । आचार्यले भने जयराम भारीको प्यानललाई समर्थन गरेको पत्रकार सम्मेलन गरी जानकारी गराई सकेका छन् । राना र भारीले प्यानल बनाएरै चुनावी मैदानमा छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here