ढोरपाटनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाईते

बागलुङ, २८ पुष । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छभने ९ जना घाईते भएका छन् ।

बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जीप दुर्घटना हुँदा चन्द्रगिरी नगरपालिकादेखि घुम्न आएकी एक यात्रु र सवारी चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक बाबु केसीले बताए । मृत्तक चन्द्रगिरी नगरपालिका–५ की २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका–४ खुङ्गाका २७ वर्षीय तिलक घर्ती रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ९ जना यात्रु घाईते भएका छन् । घाईतेमध्य ६ जनाको अवस्था गम्भिर रहेको र ३ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक केसीले बताए । उनले घाईतेहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताए । गम्भिर घाईतेहरुलाई थप उपचारको लागि काठमाडौं पठाउन हेलिकप्टरको व्यस्थापन गर्न लागिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

मृत्तक गैरे चन्द्रगिरीबाट बागलुङको पर्यटकीयस्थल ढोरपाटन घुम्न आएकी यात्रु रहेको प्रहरीले जनाएको छ । जीप सालझन्डि ढोरपाटन सडक खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका ५ प्याङ्खोलाको उकालो ब्रेकफेल भइ दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here