समान उद्देश्य भएका सामाजिक संस्था विच अन्तरक्रिया

बागलुङ, १६ पुष । बागलुङमा समान उद्देश्य राखेर स्थापना भएका सामाजिक संस्थाहरु विच आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भीमापोखरा कल्याण समाजको आयोजनामा भीमापोखरा कल्याण समाज, मालिका सेवा समाज र विहुँकोट विकास मञ्चका पदाधिकारी र सदस्यहरु विच आईतबार संस्थाहरु संचालन र संस्थाको कार्य अनुभव आदानप्रदान गरिएको हो । कार्यक्रममा भीमापोखरा कल्याण समाजका अध्यक्ष टिका बहादुर कार्कीले समाजले विपतमा परेका काठेखोला गाउँपालिका–२ भीमापोखरा सहित गाउँपालिका भित्रका बासिन्दालाई आर्थिक सहयोग गर्नुका साथै आर्थिक अभियान संचालन गरिएको बताउनुभयो । उहाँले समाजले दीर्घरोग लागेका विरामीको लागि आर्थिक रकम संकलन गरेर सहयोग गर्दै आएको बताउनुभयो ।

यस्तै मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्माले मालिका सहित बागलुङ जिल्लाभरका विपन्न र दुःखमा रहेका नागरिकलाई समाजले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले केही विपन्न विद्यार्थीहरुलाई अध्ययनको लागि सहयोग गर्नुका साथै १० परिवारलाई केही महिना खानाको लागि खाद्यान्न सामाग्री सहयोग गरेको बताउनुभयो ।

बिहुकोट बिकास मच्चका अध्यक्ष हिरा कंडेलले गाउँ भन्दा बाहिरा रहेकालाई विहुँकोटबासीलाई गाउँसँग जोड्ने अभियान संचालन गरिरहेको बताउनुभयो । उहाँले आर्थिक अभावले गर्दा उपचार गर्न समस्या भएकाहरुलाई केही रकम सहयोग गर्नको लागि आर्थिक अभियान संचालन गर्नुका साथै विहुँका धार्मिकस्थलहरुको संरक्षण र प्रदर्शनको लागि काम गरिरहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा टिकाराम सापकोटा, भीम बहादुर केसी, बालकृष्ण शर्मा, मणिभद्र शर्मा र खिम बहादुर कार्कीले सुझाव राख्नुभएको थियो ।

भीमापोखरा कल्याण समाजका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रमको स्वागत उपाध्यक्ष बालकृष्ण शर्मा र सचिव डिल्लीराज उपाध्यायले संचालन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here