बालकुमारी आन्दाेलनमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं, १३ पुष । बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको किष्ट अस्पतालले जनाएकाे छ । जुम्लाका २३ वर्षीय सुजन राउतकाे उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए ।

उनले भने, ‘अस्पताल ल्याउँदा ल्याउँदै राउतकाे मृत्यु भइसकेकाे थियाे । उनकाे छातीमा दाग देखिएकाे थिए । साथै शरीरमा निलाे डाम समेत रहेकाे थियाे । अस्पतालले केहीसमयपछि मृत घाेषणा गरेकाे हाे । ‘उनका अनुसार प्रहरीकाे लाठी लागेकाे हुन सक्छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको थियो ।

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । अरु प्रदर्शनकारीको खोजी भइरहेको उनले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here