जनआन्दोलनका घाइतेलाई बागलुङ महोत्सवमा प्रवेश शुल्क नलाग्ने

बागलुङ, १० पुस । पुस ११ गतेदेखि सञ्चालन हुन लागेको सातौं बागलुङ महोत्सवमा जनआन्दोलनका घाइतेलाई प्रवेश शुल्क नलाग्ने भएको छ ।

आयोजक बागलुङ उद्योग वाणिज्य संघले महोत्सवमा सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा अन्तर्गतका (जेष्ठ नागरिक, अशक्त तथा फरक क्षमता भएका व्यक्ति, जनआन्दोलनका घाइते)हरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको अध्यक्ष नरेश कँडेलले बताए ।

उनले सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाअन्तर्गतका व्यक्तिहरूले परिचयपत्रसहित उपस्थित हुने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।

यस्तै महोत्सवमा रहेका स्टलहरू र यसका सम्बन्धमा अध्ययन तथा अवलोकनका लागि औपचारिक रुपमा संस्थाको पोशाकसहित समूहमा आउने विद्यार्थीलाई पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघका प्रेस सल्लाहकार सुवास आचार्यले बताए ।

यस्तै आयोजकले महोत्सवमा टिकट काट्ने दर्शकलाई हरेक दिन लक्की ड्र मार्फत विशेष उपहारको व्यवस्था गरेको छ । १ सय रुपैयाँको प्रवेश टिकट लिने दर्शकले लक्की ड्र मार्फत केवलकार चड्ने मौका पाउने प्रेस सल्लाहकार तथा प्रचारप्रसार संयोजक आचार्यले बताए ।

उनले नवलपुरको गौडाकोटमा रहेको गण्डकी प्रदेशको एक मात्र केवलकार मौला कालिका केवलकार र छिमेकी प्रदेशको लम्बिनी केवलकार बुटवल र बागमती प्रदेशको चन्द्रागिरी केवलकार प्रयोग गर्दा लाग्ने टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here