विवाईसी बागलुङको अध्यक्षमा गौतम सर्वसम्मत निर्वाचित

बागलुङ, ९ पुष । विवाईसी बागलुङको अध्यक्षमा तोयानाथ गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न १२ औं अधिवेशनबाट गौतमको नेतृत्वमा सर्वसम्मत ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा गंगा शर्मा, सचिवमा विक्रम शर्मा, सहसचिवमा चुडामणि उपाध्याय, कोषाध्यक्षमा राजु निउरे रहेको निर्वाचित समितिका संयोजक डिल्लीराज गौतमले जानकारी दिए ।

यस्तै सदयहरुमा खिम बहादुर कार्की, विष्णु गौतम, सुरेश थापा, नारायणदत्त रेग्मी, शान्ति ज्ञवाली, प्रेम केसी र टिकाराम शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

२०४२ सालमा टिकाराम सापकोटाको नेतृत्वमा सामाजिक सेवा गर्ने उद्देश्यले भीमापोखरा युवा क्लबको नामबाट स्थापित भएको संस्था हाल विवाईसी बागलुङ नामबाट कार्य गरिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here