जैमिनीमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ, ७ पुस । जिल्लाको जैमिनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

शुक्रबार नगरप्रमुख नरबहादुर पुनले प्रतियोगिताको शुभारम्भ गरे । उनले विद्यालय तहबाटै बालबालिकालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्नुपर्ने बताए । खेल संरचना निर्माणमा नगरले प्रयाप्त ध्यान दिने बताए । खेलकुदले राष्ट्रकै मानसम्मान बढाउने उनको धारणा थियो ।

नगर उपप्रमुख हरिहर शर्माले खेलकुदले युवा पलायन रोक्न मद्धत गर्ने बताए । उनले यस प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभाको प्रस्फुटन गर्न मद्दत गर्ने बताए । उपप्रमुख शर्माले खेलमा हार र जित भन्दा विद्यार्थीहरु विच घुलमिल र विद्यालयहरु विच आत्मीयता बढाउने रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा भुमी आयोगका जिल्ला सदस्य सोभा प्रसाद शर्मा, सुन्तलाचौर माध्यमिक विद्यालयका प्राधानाध्यापक बिष्णु प्रसाद सापकोटा, जनता माविकी प्रधानाध्यापक हुमाकुमारी शर्मालगायतले बोलेका थिए । कार्यक्रम वडा सामाजिक बिकास समितिका संयोजक वडा नं। १ का अध्यक्ष बिष्णु आचार्यको स्वागत र नगर शिक्षा अधिकारी खेम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

उक्त अबसरमा हिमालयन आवासिय मावि र शान्ति माविले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here