काठेखोलामा पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

दिवस कंडेल
बागलुङ, ७ पुस । बागलुङको काठेखोला गाउँपालिकामा पालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले खेलकुदले विद्यार्थीहरुलाई शारीरिक कसरत सहित अनुशासन सिकाउने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई अध्ययनका साथसाथै खेलकुदमा लगाउँदा उनीहरुमा आत्मियता र प्रतिस्पर्धाको भावना सिर्जना गर्ने बताउनुभयो ।

अध्यक्ष थापाले राष्ट्रपति रनिङ्ग शिल्डले विद्यार्थी सहित विद्यालयहरु विच पनि आत्मियताको विकास हुनेमा जोड दिनुभएको थियो ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा नम्बर ५ का वडाअध्यक्ष ज्ञामनाथ कंडेल र अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक भिष्म कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम विकको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको संचालन सहायक प्रशासकीय अधिकृत मनोज कार्कीले गर्नुभएको थियो ।

रनिङ शिल्डमा भलिबल, कबड्डी, एथलेक्टीक, हाइजम्प, लङजम्प लगायतका खेलमा १ सय बढी पदकको लागि प्रतिस्पर्धा हुने छ ।  प्रतियोगिता शनिबार सम्म संचालन हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here