नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर एक युवाको मृत्यु

बागलुङ, ४ पुस । झोलुङ्गे पुलबाट खसेर बागलुङमा एक युवाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर बुधबार साँझ बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक ९डिएसपि० मदन केसीले बताए । थापा पुलबाट कालीगण्डकी नदि किनारमा खसेको डिएसपि केसीले जानकारी दिए ।

पुलबाट १३८ मिटर तल कालीगण्डकी किनारमा खसेका थापाको घटनास्थलमै मृत्यु भएको डिएसपि केसीले बताए । थापाको शव पोष्ट्मार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको प्रहरीले बताएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here