बागलुङमा ११ वर्षदेखि फरार प्रतिवादी पक्राउ

बागलुङ, १ पुस । सवारी ज्यान कसूर मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–३ का ३४ बर्षीय बाबुराम दमाई रहेका छन् ।

बाबुरामलाई बागलुङ जिल्ला अदालतले सवारी ज्यान कसूर मुद्दामा २०६९ साल बैशाख ७ गते १ महिना १७ दिन कैद सजाय फैसला सुनाएको थियो ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङबाट खटिएको टोलीले बाबुरामलाई पक्राउ गरी लगत कट्टाको लागि आईतवार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन के.सी.ले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here