
बागलुङ, २७ मंसिर । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा रहेको ओदानेश्वर महादेव मन्दिरमा बाघ र बसाहा स्थापना गरिएकोे छ । मन्दिरमा सोमबार बसाहा र बाघको मुक्ति राखिएको छ ।
काठेखोला गाउँपालिका–७ रेशका एक बहादुर जिसी, कृष्ण कुमारी जिसी, थम्मन जिसी, सीता जिसी, प्रेम बहादुर जिसी र जमुना जिसीको परिवारले दुई लाख बराबरको बाघ, बसहाको पत्थरको मूर्तिको स्थापना गरेका हुन् ।
यस्तै ओदानडाँडा मन्दिर व्यवस्थापन तथा संरक्षण संस्थाको दोस्रो बार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पछि बोल्दै काठेखोला–७ रेशका वडाअध्यक्ष प्रेम बहादुर लामिछानेले धार्मिक पर्यटन प्रबद्र्धनमा वडाले काम गरिरहेको बताउनुभयो । उहाँले रेशमा धार्मिक र आन्तरिक पर्यटकहरु भित्र्याउनको लागि संस्थाले गरेको कार्य उत्कृष्ट रहेको बताउनुभयो ।
कार्यक्रममा थम्मन जिसी, कृष्ण गौतम, लीलाधर गौतम, श्यामलाल गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत ताराप्रसाद गौतम र संचालन सचिव भोजराज शर्मा रामजीले गर्नुभएको थियो ।











