गृह श्रमिकलाई लैङ्गिक हिंसा विरुद्ध प्रशिक्षण

बागलुङ, २२ मंसिर । लैङ्गिक हिंसा विरुद्धकामे १६ दिने अभियानको सन्दर्भ पारेर गृह श्रमिकलाई प्रशिक्षण दिईएको छ ।

नेपाल गृह श्रमिक संघ बागलुङको आयोजना र नेपाल ट्रेड युनियन काँग्रेस बागलुङको समन्वयमा लैङ्गिक हिंसा विरुद्ध गृह श्रमिकलाई प्रशिक्षण दिईएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं ट्रेड युनियन तथा श्रम विभाका संयोजक सकुन्तला शर्माले घर भित्रको काम गर्ने गृहणी महिलाहरु सबैभन्दा धेरै हिंसाको मारमा परेकाले यस खालको कार्यक्रम र प्रशिक्षणले जागरण ल्याउने बताईन् ।

‘हामीलाई सदियौं देखि लिङ्गको आधारमा विभेद गरिदै आएको छ, त्यसमा पनि सबैभन्दा धेरै त गृहणीको रुपमा घर भित्र काम गर्ने महिला दिदी बहिनीहरुले खेप्नु परेको छ,’ उनले भनिन्,‘बाहिरी दुनियाँमा धेरै ध्यान नदिने र घर भित्रै बस्ने भएकाले समस्याहरुमा उहाँहरु बढि पर्नुहुन्छ । यो खालको जागरण र प्रशिक्षणले पक्कै पनि उहाँहरुलाई पनि सचेत बनाउनेछ र हिंसा सहनु हुन्न भन्ने चेतनाको विकास गर्नेछ ।’ उनले लिङ्गको आधारमा कसैलाई पनि विभेद गर्न नहुने भन्दै समानता र समविकासका लागि महिलाहरु पनि जागरुक हुनुपर्ने बताईन् ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष लालीमाया रेग्मी, ट्रेड युनियन काँग्रेस संघीय प्रतिनिधि एवं काँग्रेस महासमिति सदस्य उमाकान्त पौडेल, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेल, नेपाली काँग्रेस जिल्ला सदस्य पार्वती शर्मा, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि हुमा रिजाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं ट्रेड युनियन तथा श्रम विभाका संयोजक सकुन्तला शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष लालीमाया रेग्मी र नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेलले लैङ्गिक विभेद र ट्रेड युनियन अधिकारका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीको तर्फ ममता रेग्मी, विन्दु शाहनी, पूजा शर्मा, पुतली थापा, इन्दिरा शर्मा लागयतले जिज्ञासा राखेका थिए । गृह श्रमिक संघ बागलुङकी अध्यक्ष गुमादेवी छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष विष्णु शर्मा लम्साल र सञ्चालन उपाध्यक्ष कमला पराजुलीले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here