वर्तमान सरकार चरम असफल : एमाले अध्यक्ष ओली

बागलुङ, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले वर्तमान सरकार चरम असफल सरकार भएको बताएका छन् ।

बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको सदरमुकाम बागलुङ बजार आइपुगेका ओलीले जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकार असफल मात्र नभइ चरम असफल सरकार भएको र राजिनामा गर्नुपर्ने बताएका छन् । ‘गैरजिम्मेबार र इमान नभएर सरकारमा बसेको छ,’ ओलीले भने,‘नत्र राजिनामा गरेर घर जानुपर्ने हो । लाज नमानेर र लाज नभएर कसरी बसिराखेको छ सरकारमा अच्चम लाग्दो छ ।’

अध्यक्ष ओलीले देशमा अस्थिरता, अराजकता, जनताहरुमा निराशा बढ्दो रहेको र युवाहरु पलायन भइरहेको बताए । उनले देशको अर्थतन्त्र धोस्त हुँदै गएको र कर्मचारीहरुलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाएको बताउँदै सरकारले कुन मुखले सरकार हुँ भनेर कुर्चिमाबसेको छ भन्दै प्रश्न समेत गरेका थिए । उनले वर्तमान सरकार जल्लाबोधन भएको सरकार भएको बताउँदै यसले राष्ट्रघाति काम गर्ने, नदेशको इज्जत समाप्त पार्ने, स्वाधिन्ता कमजोर पार्ने, स्वतन्त्रताको प्रयोग गर्न नसक्ने, राष्ट्रिय हितको रक्षा गर्न नसक्ने र भुमिको रक्षा गर्न नसक्ने बताए ।

‘एमालेको सरकारको बेलामा सुरु भएका विकास निर्माणका कामहरु समेत अहिलेको सरकारले राकेको छ,’ अध्यक्ष ओलीले भने । वर्तमान सरकारसँग कता जाने भन्ने ठेगान नै नभएकोले जनतामा निराशा पैदा भएको अध्यक्ष ओलीको भनाई छ । उनले सरकारले समृद्ध नेपाल भन्न नसकेको र जनता खुसी हुनुपर्छ भन्ने धारणा नै नभएको बताए ।

उनले एमालेले देशको नेतृत्व गरेको बेला राष्ट्रियताको रक्षा र विकास निर्माणको काम गरेको बताए । उनले एमालेको नेतृत्व र अगुवाईमा मात्रै देशको विकास हुने, राष्ट्रियताको रक्षा हुन सक्ने बताए । कुर्चि भन्दा पनि पहिले विकास हुनुपर्ने बताउँदै आफु सरकारमा हुँदा चिनसँग जोड्ने सडक खोल्दा आफुलाई सरकारबाट हटाउँछन भन्ने थाहा भएपनि देशको विकासको लागि चिनसँग जोडिएको बाटो खोलिएको बताए ।

अध्यक्ष ओलीले समृद्धिको लागि संकल्प यात्रा २०८० को क्रममा बाटोमा जनताहरु उत्साहित र हर्षउल्लास पूर्ण पाएको बताए । उनले जनतामा निराशा पैदा भएपनि देशमा एमाले छ र एमाले हुँदासम्म देश बर्वाद हुन दिँदैन भन्ने विश्वास देखिएको बताउँदै देशमा सुशासन कायम गर्न एमालेले नेतृत्व गर्ने बताए । उनले जनताको सहभागिताले आफुमा उत्साह र आत्मविश्वास बढेको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here