ढोरपाटनमा यस वर्षको पहिलो हिमपात (फोटो फिचर)

बीर बहादुर थापा
बागलुङ, १८ मंसिर । बागलुङको ढोरपाटनमा सोमबार हिमपात भएको छ । सोमबार विहानदेखि हिमपात भइरहेको स्थानीय टक बहादुर अदैले जानकारी दिए । ढोरपाटनमा यस वर्षको पहिलो हिमपात भएको हो ।

यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो,’ स्थानीय अदैले भने,‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर भएको छ ।’

हिमपातको कारण वातावरण चिसो बनेको स्थानीय अदैले बताए । उनले हिमपात पछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ ।

हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । हिमपात पछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ ।

ढोरपाटनमा यस वर्ष चाडै हिमपात भएको हो । ‘अघिल्लो वर्ष पुस माघमा हिमपात हुने भएपनि यस वर्ष मंसिरमै हिउँ परेको छ,’ स्थानीय अदैले भने ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here