धौलागिरी अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

बागलुङ, १२ जेठ । धौलागिरि अस्पताल बागलुङमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया गरिएको छ ।

बागलुङका ५२ वर्षीय एक पुरुषको बुधबार धौलागिरि अस्पतालमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका उनको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए  ।

अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा, डा. राजन शर्मा, डा अमित ढुङ्गाना लगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेसु प्रधानले बताए ।

धौलागिरी अस्पतालमा यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो । यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौँलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिँदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरूलाई पनि सहज हुने भएको छ ।

पछिल्लो समय धौलागिरि अस्पतालमा विशेषज्ञ चिकित्सक थप भएसँगै ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।

अस्पतालमा ओपीडी र इर्मेजेन्सी लगायत विशेषज्ञ सेवामा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा. प्रधानले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here