कोरोना संक्रमणबाट थप एकको मृत्यु

काठमाडौं, २९ चैत । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको मृत्यु भएको हो ।

मंगलबार पनि तीन महिनापछि एक संक्रमितको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here