बागलुङ क्षेत्र नम्बर २ (२) मा कांग्रेसका कुँवर विजयी

बागलुङ, ६ मंसिर । बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘२’ बाट कांग्रेसका उमेदवार दोर्ण कुमार कुँवर विजयी भएका छन् ।
उनले १२ हजार ४०८ मत पाएर विजय हासिल गरे ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत पाएका छन् । यस्तै नेपाल दलित पार्टीका टेक प्रसाद कामीले २७७, मंगोल नेशनसल अर्गनाइजेशनका तारा बहादुर घर्ती मगरले २३७, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ४४, स्वतन्त्र नरबहादुर गुरुङले ३४१ र दुर्गादेवी घर्ती मगरले ६ मत प्राप्त गरेका छन् ।

बागलुङ जिल्लाको निसीखोला र तमानखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा पर्ने प्रदेश (२)मा ४१ हजार २२७ मतदाता मध्य २३ हजार ३३८ मत खसेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here