
काठमाडौं, ०२ साउन । पछिल्ला केही सातादेखि नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या हरेक दिनजसो बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा झण्डै पाँच महिनायता कै सबैभन्दा बढी अर्थात ४ सय ५७ जना संक्रमित थपिएका छन् ।
यो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको निधन भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको छ ।