खाली छ मल गोदाम

काठमाडौं, २५ जेठ । मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ ।

कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन ।

यद्यपि कृषि मन्त्रालयले किसानलाई पुग्नेगरी असार मसान्तभित्र मल आइपुग्ने दाबी गरिरहेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले ग्लोबल टेन्डर (अन्तर्राष्ट्रिय बोलपत्र) तथा भारतसँग गरिएको जीटुजी (सरकारदेखि सरकार)को माध्यमबाट असार मसान्तभित्र रासायनिक मल आइपुग्ने दाबी गरे । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here