२५ वर्षे अनुभवी पाइलट थिए घिमिरे

काठमाडौं, १६ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन । सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन ।

लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९: ५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए । २५ वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरे सहितको टोलीको अवस्था यो समाचार तयार पारुञ्जेल अज्ञात रहेको छ ।

क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए। उनीसँगै थिए २५ वर्षे कोपाइलट उत्सव पोख्रेलले उडान भरेका थिए । रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आएका हुन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here