नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जना नयाँ संक्रमित पुष्टि

काठमाडौं, ५ वैशाख ।
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
उदयपुरकाे एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेकाे बताइएकाे छ । ‘यिनिहरु आयातित नै भएको बुझिएको छ,’ स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए ।
तर उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
चितवनबाट बिहीबार बेलुका ल्याइएकाे २ वटा स्वाबकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे भरतपुर अस्पतालका अध्यक्ष डा भाेजराज अधिकारीले बताए ।
‘बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो । यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो,’ अधिकारीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here