बाँकी राखेको कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

काठमाडौं, २६ बैशाख । लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ ।

संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बिमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैले वा बिमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको १० वर्षे ४ प्रतिशत कोरोना बोन्ड जारी गर्नु उपयुक्त हुने जनाएको छ ।

उक्त बोन्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) मा समावेश गर्न सक्ने नीति ल्याए ४० करोडको बीमा भुक्तानी दायित्व तत्काल पूरा हुने संघको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here