
पोखरा, ११ बैशाख । सत्तारूढ गठबन्धनले गरेको तालमेलको विरोध गर्दै नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेको विरोधमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ। “कुनै हालतमा मेरो उम्मेदवारी फिर्ता हुँदैन, फिर्ता हुने गरी उम्मेदवारी दिएको होइन,” कार्कीले भने ।
उनी कांग्रेस पोखरा महानगर कार्यसमितिका पूर्व सभापति हुन् ।
सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार पोखरामा नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्य मेयरको उम्मेदवार बन्ने भएका छन् । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको आचार्यलाई समर्थन रहेको छ ।