उम्मेदवार टुङ्गाउँदै एमाले, सकसमा गठबन्धन

बागलुङ, ५ चैत । स्थानीय तहको निर्वाचत मिति नजिकिदै गर्दा बागलुङका राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् ।

नेकपा एमालले जिल्लाका केही वडा र पालिकामा उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस भएको छ ।

चुनावी गठबन्धन हुने भए पछि जित्ने अपेक्षामा सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलका आकांक्षीहरु धेरै हुँदा वडा तहमै उम्मेदवार छनोटमा कठिनाई भएको हो । गठबन्धनको कुन पालिकामा कसरी सिटबाँडफाँड गर्ने निश्चित नहुँदा पनि उम्मेदवार छनोटमा ढिलाई भएको नेपाली काँग्रेस जिल्ला पार्टी सभापति जित सेरचनको भनाई छ ।

गठबन्धनमा आबद्ध राजनीतिक दल नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले पहिले सबै वडा र पालिकामा आन्तरिक उम्मेदवार टुङ्गो लगाउने निर्णय भएको छ । व्यक्ति केन्द्रीत नभएर पार्टीको भुगोल अनुसार सिटबाँडफाँड हुने सभापति सेरचनले बताउनुभयो । बैशाख ३ गतेभित्र सबै प्रक्रिया सकिने उहाँको भनाई छ ।

नेपाली काँग्रेसले बडिगाड गाउँपालिका–७ मा दिपेन्द्र प्रताप केसी, तमानखोला गाउँपालिका–३ मा भकबहादुर बुढा र ढोरपाटन नगरपालिका–२ मा जितबहादुर कँुवरलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य वडा र स्थानीय तहमा कुनै पनि निर्णय हुन सकेको छैन । सबै स्थानीय तह र वडाहरु गठबन्धनमा सिटबाँडफाँटको सहमति भए पछि उम्मेदवार छनोट गर्ने मनोस्थितमा छन् । सत्ता गठबन्धनको बैठक नियमित बसे पनि निष्कर्ष निस्कन सकेको छैन ।

प्रमुख प्रतिपक्ष नेकपा एमालले भने उम्मेदवार छनोटलाई तिव्रता दिएको छ । सबै सम्मत भएको स्थानीय तहमा सर्वसम्म र नभएको ठाउँमा आकांक्षीको सिफारिस जिल्लामा माग गरेको पार्टी अध्यक्ष हरिबहादुर केसीले बताउनुभयो । सोमबारदेखि सुरु भएको उम्मेदवार छनोटमा केही स्थानीय तहमा सर्वसम्मत र केही स्थानीय तहमा तीन जना भन्दा बढी आकांक्षी देखिएको छ ।

नेकपा एमाले जैमिनी नगर कमिटीले मेयरमा लिला राना र उममेयरमा यमुना शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

जैमिनी नगरको चार वडामा पनि वडा अध्यक्षको उमेद्वार सर्वसम्मत टुंगो लागेको छ । वडा – ३ मा बहालवाला वडाध्यक्ष बेदप्रसाद छन्त्याल नै उम्मेवार बन्ने निश्चित भएको छ । वडा– ६ मा राजु थापा, वडा– ७ मा जयराम शर्मा र वडा– १० मा एमालेका पुराना नेता छबिलाल सुवेदार सर्वसम्मत छनोट भएको नगर पार्टी अध्यक्ष बद्री ढुंगानाले बताउनुभयो । बाँकी वडामा वडाध्यक्षका उमेद्वार र वडा सदस्यका उमेद्वार टुंगो लाग्न बाँकी छ ।

बागलुङ नगरपालिकामा नगरप्रमुखका लागि ६ जनाले आकांक्षी देखिनुभएको छ । पालिका कमिटीको बैठकमा पार्टी जिल्ला कमिटीका उपसचिव गणेश थापा, प्रदेश कमिटीका सदस्यहरु गीता शर्मा, कुमार खड्का, नगर कमिटीका अध्यक्ष धन बहादुर परियार, बहालवाला वडा– ५ का अध्यक्ष शिव सापकोटाले नगरप्रमुखमा आकांक्षा व्यक्त गर्नुभएको छ ।

नगरको १४ वडामध्ये वडा–२ मा रामबहादुर जिसी र वडा– १३ मा टेकबहादुर रोका सर्वसम्मत छनोट भएका हुनुभएको छ । काठेखोला गाउँपालिकामा अध्यक्षका लागि चार जनाले आकांक्षी देखिनुभएको छ ।

बहालवाला अध्यक्ष अमर थापा, पार्टीको पालिका कमिटीका अध्यक्ष डिलबहादुर कार्की, प्रदेश कमिटी सदस्य हुमकुमारी जिसी अञ्जु र युवा नेता खिमानन्द कँडेलको नाम जिल्लामा सिफारिस भएको छ । ताराखोला गाउँपालिकामा एमालेबाट ऋषिराम रोका उम्मेदवारको लागि सर्वसम्मत चयन हुनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here