स्यालहरु कराउँदै गएपनि हात्ती लम्किदै जान्छः एमाले पोलिट्ब्युरो सदस्य थापा

दिवस कंडेल
बिहुँ, १ बैशाख । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुख लिला बहादुर थापाले स्यालहरु कराउँदै गएपनि हात्ती लम्किदै जाने बताउनुभएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा स्थानीय तहको निर्वाचनको लागि सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै थापाले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनलाई लक्षित गरि उक्त कुरा बताउनुभएको हो । उहाँले वर्तमान परिस्थितिमा नेकपा एमाले नेतृत्वको कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस नेतृत्वको अर्को पार्टी गरी नेपालमा दुई पार्टी मात्र रहेको बताउनुभयो । सदस्य थापाले एमालेले राप्रपा नेपाल र परिवार दलसँग गरेको चुनावी तालमेल सुर्य चिन्हबाटै हुने भएकोले हालको नेपाली काँग्रेस नेतृत्वको पाँच दलिय गठबन्धन जस्तो नभएको जिकिर गर्नुभयो ।

उक्त कार्यक्रममा नेकपा एमाले काठेखोला गाउँ कमिटीका अध्यक्ष डिल बहादुर कार्की र जिल्ला सदस्य तथा काठेखोला–५ विहुँकी इन्चार्ज कोपिला कुमारी पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा काठेखोला–५ का नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार हिम बहादुर क्षेत्री र सदस्य प्रेम बहादुर पुनको घोषणा गरि उहाँहरुलाई शुभकामना दिइएको थियो । अन्य सदस्य उम्मेदवारहरु छलफलको क्रममा रहेको जानकारी गराएको थियो ।

काठेखोला–५ का वडा कमिटीका अध्यक्ष हिरालाल सापकोटा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष कर्ण बहादुर विक र संचालन काठेखोला गाउँ कमिटीका सदस्य हिरा कंडेलले गर्नुभएको थियो ।

स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर काठेखोला गाउँ कमिटीले काठेखोलाका ८ वटै वडामा बिहिबार सम्पर्क कार्यालयको उद्घाटन गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here