गठबन्धन सरकारले देशलाई नौं महिनामा कंगाल बनाए : एमाले अध्यक्ष ओली

अर्जुन कार्की
बागलुङ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले गठबन्धन सरकारले नौं महिनामा देशलाई कंगाल गराएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले शनिबार नेकपा एमाले बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचन विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै पाँच दलिय सरकारले देशलाई नौं महिनामा कंगाल गराएको आरोप लगाउनुभएको हो ।

‘पहिले सरकार आर्थिक वृद्धिदरमा गइसकेको थियो, कोभिडले केहि घटाएको थियो,’ अध्यक्ष ओलीले भन्नुभयो–‘एक वर्ष पेट्रोल किन्न र अन्य केहि आयात गर्नको लागि पुग्ने बैदेशिक मुद्राको संचिती भएको थियो । अहिले चार महिनामा झरेको छ । अब विदेश जान परेमा डलर साटन पाउने स्थिति समेत छैन ।’

ओलीले काम सम्पन्न गरेको ठेकदार र नयाँ विकास निर्माणको लागि समेत पैसा नभएको भन्दै नालायकहरुको सासनमा पुगेपछि नौं महिनामै देश कंगाल बनेको बताउनुभयो । ‘ठेकदारहरुले काम सम्पन्न गरेमा सम्पन्न गरेको कामको भुक्तानी दिने र नयाँ विकास निर्माणको आयोजना अगाडी बढाउन परेमो सुरु गर्नको लागि पैसा छै,’ अध्यक्ष ओलीले भन्नुभयो–‘ देश नौं महिनामा देश कंगाल बनाउँदा रहेछन् नालायकहरु सासनमा पुगेपछि ।’

ओलीले देश कंगाल आफुले बनाएर राष्ट्र बैंकको गर्भनर कार्यकर्ता नभएकोले निस्काशन गरेको बताउनुभयो । ‘राष्ट्रबैंकको गर्भनर कसरु िकार्यकर्ता हुन्छ । उ त पहिले डेपुटी गर्भनर बनेर गर्भनरमा आएको हो,’ उहाँले भन्नुभयो–‘ लुट गरेर भएको मन्त्री होइन त ? त्यसैले जे पायने त्यही गर्न मान्दैन्नी उसले ।’

ओलीले गर्भनरले हामी बर्बाद हुन्छौं यस्तो नगरौं भन्दा हामी जस्तो क्रान्ती गरेर आएकालाई तिमी अर्थशास्त्र पढेको भरमा सिकाउने भनेर निलम्बन गरेको समेत बताउनुभयो । ओीले आफुले सर्वनाश गरेर देशमा कमिशन खोरी चालाउने र गर्भनर निलम्बन गर्ने अनि आफन्तहरु भर्ति गर्ने भन्दै माओवादी केन्द्रप्रति आक्रोस व्यक्त गर्नुभएको थियो । ‘आफु सर्वनाश गर्ने ? देशमा कमिशन खोरी चलाउने, सवै विकासका काम रद्ध गरिदिने, पैसालाई चलाएमान हुन नदिएर बर्बाद गरिदिने अनि गर्भनरलाई निलम्बन गर्ने । आफन्तहरु भत्र्ति गर्ने’ ओलीले भन्नुभयो ।

ओलीले देशमा अर्थमन्त्री नभएको र देशको अर्थतन्त्र चलाउने जस्तो कुरामा सरकारले मजाकको रुपमा लिएको बताउनुभयो । ‘अर्थमन्त्रालयमा अर्थमन्त्री छैनन् । अर्थमन्त्री को छ थाहा छ तपाईहरुलाई अहिले । उहाँ त महान अर्थशास्त्री होला सायद,’ उहाँले भन्नुभयो–‘देशको अर्थतन्त्र चलाउने जस्तो कुरा यो सरकारले कति मजाको रुपमा लिएको छ ।’

ओलीले आफ्नो देश विकासका लागि आँफुले बनाएका योजनाहरुमा हलुका टिप्पणी गर्नेहरु नै अहिले तिनै योजनाको उद्घाटन र शिलान्यासमा व्यस्त हुने गरेको बताउनुभयो । उनले आफुले रेलको कुरा गर्दा कागजको रेल बनाउनेहरुले अहिले उद्घाटन गरेको भन्दै आफु खुसी भएको बताउनुभयो । ‘हिजो हामीले रेशमार्ग बनायौं, रेल ल्यायौं उनीहरु कागजको रेल बनाएर मजाक उडाउँदै थिए, आज भारत पुगेर त्यहीं रेलको उद्घाटन लाजै नमानी गरे’ ओलीले भन्नुभयो–‘चोभारमा सुख्खा बन्दरगाहको विरोध गर्नेले हिजोअस्ती कहिले हो त्यहिं हामिले बनाएको बन्दरगाह उद्घाटन गरे रे !’

यस्तै उहाँले एमालेमा बिभिन्न दलबाट पार्टी प्रबेश गर्नेहरुको लर्को लागेको भन्दै एमालेमा वर्षायाममा जस्तै मुल फुट्दा गठबन्धनले पहिरै पहिरोको सामना गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धन स्यालहरुको समुह भन्दै हात्ती जस्तो एमालेलाई शिकार गर्न नसक्ने दाबी गर्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here