काठेखोलामा एमालेको प्रशिक्षण

दिवस कंडेल
बागलुङ, १३ चैत । नेकपा एमाले बागलुङले चुनावी अभियान र प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ । आईतबार नेकपा एमाले काठेखोला गाउँ कमिटीको आयोजनामा काठेखोला–६ विहुँमा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेकी केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्य मनाकुमारी केसीले देशको परिवर्तन र न्यायका लागि देशलाई एमालेको नै आवश्यकता रहेको बताउनभयो । उहाँले नेपाली काँग्रेस परिवर्तनको पक्षधर नरहेको बताउँदै देश विकासको लागि आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण केसीले अन्य पार्टी र एमाले विचको फरकको बारेमा प्रशिक्षण दिनुभएको थियोभने केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटाले आगामी निर्वाचनमा एमालेलाई जिताउनुपर्ने कारणका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

केन्द्रीय सदस्य कृष्ण केसिले अन्य पार्टी र नेकपा एमाले बिछ फरक र प्रशिक्षक केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटाले आगामी निर्बाचनमा नेकपा एमालेलाई नै चुनाब जिताउनु पर्ने विभिन्न कारणहरु बारे प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सचिबालय सदस्य ममतादेबी शर्मा, डिल्लीराज गौतम र जिल्ला कमिटीका अध्यक्ष हिराबहादुर केसीले एमालेको कार्यदिशा र कार्यशैलीको बारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा जिल्ला कमिटीका सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले गाउँपालिका भित्र ५ वर्षमा भएका उपलब्धिको बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त अवसरमा काठेखोला गाउँपालिका–६ का नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र ८ जना एमालेमा प्रवेश गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा काठेखोला–७ रेशका भुपु सैनिक क्याप्टेन गगन कार्कीलाई सम्मान गरिएको थियो ।

नेकपा एमाले काठेखोला गाउँ कमिटीका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको स्वागत उपाध्यक्ष युक्तप्रसाद कंडेल र संचालन सचिव विद्यापति शर्माले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here