बागलुङमा स्थानीय तह निर्वाचनको लागि १३ वटा साना दल दर्ता

बागलुङ, १३ चैत । आसन्न स्थानीय तह निर्वाचनमा सहभागी हुन बागलुङमा १३ वटा साना राजनीतिक दलले दल दर्ता गराएका छन् ।

राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका राजनीतिक दलले स्थानीय तह निर्वाचनमा सहभागी हुन दल दर्ता गर्नुपर्ने व्यवस्था अनुसार स्थानीय दत निर्वाचन प्रयोजनको लागि दल दर्ता गराएका हुन ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण शर्मा ढुङ्गानाका अनुसार आगमी बैशाख ३० गते तोकिएको निर्वाचनमा भाग लिने प्रयोजनको लागि उन्नत लोकतन्त्र पार्टी, सामाजिक एकता पार्टी, विवेकसिल साझा पार्टी, नेकपा (माले), नेपाली काँग्रेस (विपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा र मौलिक जरोकिलो पार्टी दर्ता भएका छन् ।

निर्वाचन आयोजनले दलहरुलाई आफ्नौ निर्वाचन चिह्न लिनका लागि चैत्र ४ गतेदेखि ६ गतेसम्म आवेदन दिलनको लागि समय दिएको थियो । राष्ट्रिय दलको मान्यता प्राप्त नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतानित्रक समाजवादी पार्टीले जिल्लामा विवरण बुझाउनु पर्दैन । नयाँ दर्ता भएका दलको विवरण निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन कार्याल्यका प्रमुख ढुङ्गानाले बताउनुभयो ।

विगतमा भन्दा मतदाताको संख्या बढेको हँुदा मतदान केन्द्र थप गर्न प्रस्ताव गरिएको छ । निर्वाचनको तयारी अन्तर्गत चैत्र १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी गरिएको छ । सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ । पालिका स्तरमा निर्वाचन अधिकृतको कार्यालय रहने उहाँको भनाई छ ।

जिल्लाभर १०३ मतदान स्थलमा २०१ वटा मतदान केन्द्र कायम गरिएको छ । मतदाता बढेको हुँदा मतदान केन्द्र २१०सम्म विस्तार गर्न सकिने कार्यालय प्रमुख ढुङ्गनाले बताउनुभयो । बागलुङमा विस. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्टिय जनमोर्चा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले भाग लिएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here