ढोरपाटनको उत्तरगंगा माविमा कंडेलको अध्यक्षतामा अनेरास्ववियु गठन

बागलुङ, १० चैत । ढोरपाटन नगरपालिका वडा नम्बर १ मा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा सागर कंडेलको अध्यक्षतामा १०१ सदस्यीय अनेरास्ववियु उत्तरगंगा प्रारम्भिक कमिटी गठन गरिएको छ ।

अनेरास्ववियु बागलुङको संगठन विस्तार अभियान र सदस्यता वितरण अभियान अन्तरगत विहिबार उत्तरगंगा माविमा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा थम बहादुर विक र शोभा विक, सचिवमा टिकाराम घर्ती मगर, कोषाध्यक्षमा जुना अर्याल र सहसचिवमा अनिल विक र अमिष खत्री रहनुभएको छ ।

कमिटी विस्तार कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला कमिटी सचिवालय सदस्य रामराज आचार्य, अनेरास्वयिु जिल्ला कमिटी सदस्य मनिष कंडेल, सदस्य चुणमणि सापकोटा र अनेरास्ववियु ढोरपाटन नगरपालिकाका सहइन्चार्ज बसन्ती मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अनेरास्ववियु जिल्ला कमिटी संयोजक रोशन कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन अनेरास्ववियु ढोरपाटन नगरपालिका इन्चार्ज शिवराज कँडेलले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here