काँग्रेसलाई मजबुत पार्टी बनाएर देश विकासमा लाग्नेछौं–पाख्रीन

बागलुङ, १ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीनले आउँदा निर्वाचनमा काँग्रेसलाई मजबुत पार्टी बनाएर देश र जनताको विकासमा लाग्ने बताएका छन । उनले अहिले काँग्रेसको पक्षमा जनलहर आएको हुँदा आगामी निर्वाचनमा

काँग्रेस निर्वाचित भए सँगै देश र जनताको विकासमा लाग्ने बताए । नेपाली काँग्रेस बागलुङले संचालन गरेको घरघर जाऔं काँग्रेस जिताऔ, अभियान अन्तगरत मंगलबार बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा बोल्दै पा्रखीनले अब देशको विकास काँग्रेसले मात्र सम्भव रहेको बताए । उनले सवै नेपाली नागरिकलाई मताधिकारको वातावरण सिर्जनाका निम्ती काँग्रेसले देशव्यापी घर घर जाऔं काँग्रेस जिताऔं अभियान संचालन गरेको बताए ।

काँग्रेस हरेक नागरिकका समस्या बुझ्नका लागि घरघर जाने अभियान संचालन गरको हो । पाख्रिनले भने,–‘अगामी स्थानिय तह निर्वाचनमा हाम्रा उम्मेदवारहरुले जनताको समस्यालाई समाधान गर्ने गरी अभियान सचालन गर्ने छन । काँग्रेसका पक्षमा जनमत सिर्जना गरौ हरेक नागरिकका समस्या समाधन हुनेछन । ’ उनले आम कार्यकर्तालाई निर्वाचनमा मात्र नभएर अन्य समयमा पनि जनताको घरदैलोमा पुगन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति जित बहादुर शेरचनले आगमी स्थानिय तहको निर्वाचनमा हरेक वडा देखी गाउँ नगरमा काँग्रेसको नेतृत्व स्थापित गर्ने गरी अभियानलाई तिब्रता बनाएको बताए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख तथा काँग्रेस गण्डकी प्रदेशका सदस्य इन्द्रराज पौडेल, काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्मा, गण्डकी प्रदेश आमन्त्रीत सदस्य नवराज पौडेल, कमल सापकोटा, पदम पुन, महासमिति सदस्य सिताराम रसाईली, महाधिवेशन प्रतिनिधि ओमकार थापा लगायतले बोलेका थिए । कार्यक्रमको उद्देश्य र विषयबस्तुका बारेमा बागलुङका जिल्ला सदस्य विष्णु आचार्यले प्रष्ट पारेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस दमेकका सभापति नन्दलाल सापकोटाको अध्यक्षता उपसभापति सन्तोष सापकोटाको स्वागत र क्षेत्रीय प्रतिनिधि मनोज सापकोटाको संचालनमा सम्पन्न भएको थियो । मंगलबार नै वडाको पार्टी कार्यालयको उदघाटन गरिएको थियो । कार्यक्रममा नेकपा एमाले राप्रपा, माओबादी केन्द र जनमोर्चाका २ दर्जन भन्दा बढि कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here