महिला संघद्वारा श्रमिकका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण

बागलुङ, २८ फागुन । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल महिला संघ बागलुङले श्रमिकहरुका छोराछोरीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।

११२औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर बागलुङ नगरपालिका–३ तातोपानीमा बसोबास गर्ने गरिब दलित तथा विपन्न श्रमिकहरुका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । यस क्षेत्रमा अधिकाशं दलित बस्ती रहेको र बाबु आमा ज्याला मजुदुरी गर्ने हुँदा छोराछोरीको पढाईमा केही सहयोग पुगोस भन्ने उद्देश्यले १३० बालबालिकाका लागि शैक्षिक सामाग्री प्रदान गरिएको नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन ।

कार्यक्रममा उपस्थित विद्यार्थी र उनका अभिभावकलाई स्थानिय समाजसेवी पार्वती किसानले शैक्षिक सामाग्री प्रदान गरेकी थिईन । उक्त कार्यक्रममा बोल्दै किसानले महिला संघले गरेको सानो सहयोगले साना साना नानीबाबुको उज्वल भविश्य निर्माणका निम्ती ठुलो टेवा पुग्ने बताईन ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले आजका बालबालिका भोलिका देशका कर्णधार भएका कारण उनिहरुको शिक्षा दिक्षामा परिवारले उचित व्यवस्था गर्नुपर्ने बताए । उनले महिला संघले गरेको सानो सहयोगले विद्यार्थीको पढाईका लागि केही भए पनि राहत हुनेमा विश्वास गरे । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्व उपसभापति एवं महाधिवेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्याय, बागलुङ नगरपालिकाका नगरसह–सचिव प्रकाश किसान, क्षेत्रीय प्रतिनिधि नरबहादुर किसान, बानपा ३ का पुर्व सभापति नगेन्द्र बहादुर केसी नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पसका इकाई सभापति दिनेश पन्त बानपा ३ का उपसभापति लगायतले शिक्षाका लागि सवैको समान अधिकार भएका कारण आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन अभिभावकलाई आग्रह गरेका थिए ।

कार्यक्रम नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, सचिव भगवती केसीको स्वागत र सचिव उषा पौडेलको संचालनमा सम्पन्न भएको थियो । महिला संघले महिला दिवसकै सन्दर्भ पारेरे अगामी चैत्र ४ गते बागलुङमा सामाजिक एवं राजनितिक क्षेत्रमा क्रियाशिल महिलालाई सम्मान तथा काँग्रेसको १४औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित सवैलाई बधाई ज्ञापन गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here