
दिवश कंडेल
बागलुङ, १७ फागुन । महाशिवरात्री तथा सेना दिवसको अवसरमा मंगलबार काठेखोला गाउँपालिका वडा न.५ बिहुकोट रामकोटमा कोरोना भाइरस विरुद्धको खोप शिविर सम्पन्न भएको छ ।
श्री श्रीमेहर गण, घोडाबाधे बागलुङ र श्री नम्बर २३ फि.ए.गुल्म शेराडिल व्यारेक, बागलुङको आयोजनामा नेपाली सेनाका भुपु तथा आश्रित परिवारहरु, भारतीय भूपू सेना र आश्रित परिवारहरु, जेष्ठ नागरिक र काठेखोला गाउँपालिका ५ र ६ का पहिलो र दोस्रो डोज खोप लगाएर ६ महिना पुगेका स्थानीयहरुलाई बुष्टर खोप लगाइएको हो ।
सेनानी बिश्वराम गैडाको नेतृत्वमा भएको उक्त शिविरमा एक सय ६० जनालाई बुष्टर खोप लगाइएको श्री नं. २३ फि.ए.गुल्म, शेराडिल व्यारेक बागलुङका प्रा.डा. स्विकृति महर्जनले जानकारी दिनुभयो ।
नेपाली सेनाले महाशिवरात्री दिन पारेर सन् १९३५ बाट सेना दिवस मनाउँदै आएको छ ।