
बागलुङ, १७ फागुन । बागलुङका कुल खोप लगाउनु पर्ने उमेर समुहका ५९ प्रतिशत नागरिकले कोरोना भाईरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।
बाह्रदेखि माथिल्लो उमेर समुहका कुल एक लाख ४५ लाख ६०२ जनाले विभिन्न पाँच कम्पनीको पूर्णखोप लगाएका हुन । स्वास्थ्य कार्यालय बागलुङका खोप सुपर भाईजर राजु खत्रीका अनुसार हालसम्म कुल एक लाख ७३ लाख ४०६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
कोभिडसिल २३ हजार ९२०, भेरोसेल ९३ हजार ०३८, जोनसोन १६ हजार १८१, फाइजर एक हजार १५, मोडोना ११ हजार ४४८ जनाले पूर्ण खोप लगाएका छन् । पछिल्लो समय उमेर समुह तथा प्राथमिकताको आधारमा तीन हजार ७१ जनाले बुस्टर खोप लगाएका छन् ।
जिल्लामा कुल दुई लाख ४८ हजार ३९६ जना खोप लगाउनु पर्ने उमेर समुहमा पर्छन । अहिल पनि स्थानीय तहका स्वास्थ्य चौकी तथा पालिका केन्द्रमा बार अनुसार खोप अभियान सञ्चालन भैरहेको खोप सुपरभाईजर खत्रीको भनाई छ ।
फागनु महिनाको सुरुवातीसँगै जिल्लामा कोरोना संक्रमितको संख्या न्युन भएको छ । यहाँ हाल १६ जना कोरोनाका बिरामी छन् । जिल्लाका कुल ८५ वटा वडा मध्ये ७३ वटा वडामा कोरोनाका बिरामी छैनन । १२ वटा वडामा छिटफुट रुपमा विरामी रहेको हुँदा ति वडालाई मध्यम जोखिमको सुचिमा राखिएको छ । कुनै पनि वडा उच्च जोखिमको सुचिमा छैनन ।