बागलुङमा एकैदिन थपिए ६७ संक्रमित

बागलुङ, ६ माघ । बागलुङमा एकै दिन ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार पछिल्लो २४ घण्टामा (बिहिबार) ६७ जनामा कोरोना संक्रमण देखिएको हो । बिहिबार पिसिआर परीक्ष्णबाट ३३ जना र एन्टिजेनबाट ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

उहाँले पिसिआर परीक्षणबाट बागलुङ नगरपालिकाका २५ जना, जैमिनी नगरपालिकाका १ जना, काठेखोला गाउँपालिकाका ४ जना, बगिाड गाउँपालिकाका १ जना र अन्य २ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । यस्तै एन्टिजेन परिक्षणबाट बागलुङ नगरपालिकाका २ जना, गल्कोट नगरपालिकाका ७ जना, जैमिनी नगरपालिकाका १ जना, तमानखोला गाउँपालिकाका ५ जना, ताराखोला गाउँपालिकाका ६ जना र बडिगाड गाउँपालिकाका १३ जनालाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार बिहिबार बागलुङमा २ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । फोकलपर्सन घिमिरेले बागलुङ नगरपालिकाका १ सय ३४ जना, गल्कोट नगरपालिकाका ३९ जना, बरेङ गाउँपालिकाका १८ जना, बडिगाड गाउँपालिकाका १८ जना, ताराखोला गाउँपालिकाका ११ जना, अन्य ११ जना, तमानखोला गाउँपालिकाका ७ जना, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिका ६/६ जना सक्रिय संक्रमित रहेको बताउनुभयो ।

संक्रमितहरु मध्य ३ जना धौलागिरी अस्पतालको आइसोलेसन र २ सय ४७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here