बागलुङमा विश्व मधुमेह दिवस मनाइयो

बागलुङ, २८ कात्तिक । मधुमेह दिवसको अवसरमा आईतबार बागलुङमा निःशुल्क मधुमेह सम्बन्धी रक्त परिक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा विश्व मधुमेह दिवसको अवसर पारेर सर्वसाधारणहरुको निःशुल्क मधुमेह सम्बन्धी रक्त परिक्षण गरिएको थियो ।

१ सय ११ जनाको रगत परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । उहाँले ११ जनामा मधुमेहको अवस्था सामान्य भन्दा बढी देखिएकोले अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको बताउनुभयो ।

सर्वसाधारणहरुलाई मधुमेह सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले निशुल्क रगत परिक्षण गरिएको बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

प्रमुख खनालले मधुमेहबाट जोगिन खानपान र जीवनशैलीमा ध्यानदिन सुझाव दिनुभयो ।

स्वस्थ्य जीवनशैली, उचित खानपान र समय समयमा स्वास्थ्य जाँच गरी मधुमेह लाग्ने सम्भावना कम गर्न सकिने र लागिसकेको भएपनि नियन्त्रणमा राख्न सकिने प्रमुख खनालले बताउनुभयो । ‘खानपानमा सामान्य ध्यान दिने र शारिरीक व्यायाम गर्ने, पसिना निकाल्ने काम गर्दा यो रोगबाट बच्न सकिन्छ’ खनालले भन्नुभयो, ‘बढी सकेको अबस्थामा मानिसको आँखा र मुटुमा बढी असर पर्छ ।’ मानव सरिरमा इन्सुलिनको मात्रा कम भएमा सुगर बढ्ने र त्यस्तो मानिसले नियमित औषधी सेवन गर्नुपर्ने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले नोभेम्वर चौध तारिखलाई विश्व मधुमेह दिवसको रुपमा मनाउँदै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here